Skip

Hamro Sanchar

कुलमानको अनुरोध– मलाई माननीय नभनिदिनुहोला, मन्त्रीज्यू भने पुग्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, ३० गते


 

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले आफूलाई माननीय नभनिदिन अनुरोध गरेका छन्।

चुनौतीपूर्ण घडीमा देशका लागि काम गर्न आएको बताउँदै उनले मन्त्रीज्यू मात्रै भने पुग्ने बताएका हुन्।

‘देशको सेवा कसरी गर्न सकिन्छ, चुनौतीपूर्ण घडीमा आएका छौँ । देशलाई समृद्धि, राजनीतिक स्थिरतातिर कसरी अगाडि बढाउने ठूलो चुनौती लिएर आएका छौँ। यो चुनौतीबाट भाग्नुहुन्न स्वीकार्नुपर्छ भनेर आएका छौँ’, उनले भने, ‘हामी माननीय होइनौँ, सेवा गर्न आएका हौँ। कसैले नभनिदिनुहोला। मन्त्रीज्यू भने भइहाल्छ।’

तीनवटा मन्त्रालयको जिम्मेवारी रहेको बताउँदै उनले एक जिम्मेवार नागरिकको हैसियतले आएको बताए ।


प्रतिकृया दिनुहोस्