Skip

Hamro Sanchar

आफैंले बनाएको पार्टीमा नअटाएको भन्दै रेशमले छोडे नाउपा, नयाँ पार्टी घोषणा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, २९ गते


काठमाडौं । नागरिक उन्मुक्ति पार्टी ९नाउपा०का संस्थापक एवं संरक्षक रेशम चौधरीले पार्टी छोडेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले आफूले पार्टी छोडेको घोषणा गरेका हुन् । उनले नयाँ पार्टी घोषणा गरेका छन् । नागरिक उन्मुक्ति पार्टी, नेपाल घोषणा गरेका हुन् ।

टीकापुर घटनापछि भूमिगत रुपमा भारी मतले चुनाव जितेका रेशमले पछि आफैं संरक्षण भएर पार्टी खोलेका थिए ।

पछिल्लो समय विभिन्न राजनीतिक मुद्दाहरुमा श्रीमतीसमेत रहेकी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसँग उनको विवाद बढिरहेको थियो । श्रेष्ठ र चौधरीको समूह फरक-फरक थियो ।

चौधरीले आफैंले स्थापना गरेको पार्टीमा अटाउन नसकेपछि छोडेको बताएका छन् ।


प्रतिकृया दिनुहोस्