Skip

Hamro Sanchar

नेपाली राजनीतिको संस्थापन पक्ष माओवादी नै हो, अरू प्रतिपक्ष : प्रचण्ड

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, २५ गते


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संख्याका आधारमा संसदमा तेस्रो दल भए पनि आफूहरू संस्थापन पक्ष भएको बताएका छन् ।

राजनीतिमा सीट संख्या जति भए पनि सबै उत्पीडित समुदायको अधिकार र पहिचान स्थापना गर्ने हिसाबले नेकपा माओवादी केन्द्र संस्थापन र अरू प्रतिपक्षी भएको उनले बताए।

उनले भनेका छन्, ‘अहिले कानुनी र सङ्ख्याको हिसाबले हामी सदनमा तेस्रो स्थानमा छौँ । तर हाम्रो जतिसुकै सिट हुँदा पनि आजको नेपाली राजनीति, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान, महिला, दलित, आदिवासी, जनजाति, मजदुर, किसान, मधेसी, मुस्लिम सबै उत्पीडित समुदायको अधिकार र पहिचान स्थापना गर्ने हिसाबले नेपाली राजनीतिको संस्थापन पक्ष माओवादी नै हो ।


प्रतिकृया दिनुहोस्