
काठमाडौं । दाउन्ने–बर्दघाट सडकखण्ड अवरुद्ध भएको छ ।
नारायणघाट–बुटवल सडकको दाउन्ने–बर्दघाट खण्डको खुर्साने खोलानजिकै सडकको केही भाग वर्षाको कारण बगेको नारायणघाट–बुटवल सडक योजनाले जनाएको छ ।
वर्षाका कारण सडक बगेसँगै अहिले उक्त सडकखण्ड पूर्ण अवरुद्ध छ । सडक अवरुद्ध भएपछि सयौँ सवारीसाधन रोकिएका छन् ।
‘वर्षाको कारण क्षति भएको सडकको मर्मत कार्य सुरु भइसकेको छ,” आयोजनाले भनेको छ, “आज दिउँसोसम्ममा दुवैतर्फी सडक सञ्चालन गर्नेगरी काम भइरहेको छ ।


















