Skip

Hamro Sanchar

रसुवा बाढी उद्धारमा खटेकाे सेनाको हेलिकप्टर चिनियाँ भूमिमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, २४ गते


Advertisement

रसुवा । भोटेकोसीमा आएको बाढी प्रभावितलाई उद्धार गर्न गएको नेपाली सेनाको हेलिकप्टर चिनियाँ भूमिमा रोकिएको छ।

सेनाको सानो हेलिकप्टर उद्धारका लागि अनुमति नलिई प्रवेश गरेकाले चिनियाँ सुरक्षा फौजले फोर्स ल्यान्डिङ गराएको स्रोतको दाबी छ।

यता नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले भने सामान्य प्राविधिक समस्याका कारण हेलिकप्टर चिनियाँ भूमिमा रहेको र उक्त समस्या समाधान हुनासाथ फर्किने बताए।

‘पारिपटि मान्छे छन् भन्ने हिसावले उद्धारका लागि गएको थियो। टेक्निकल फल्ट भएर त्यहाँ बसेको छ। मेन्टिनेन्सपछि फर्किन्छ’, प्रवक्ता बस्नेतले नेपालखबरसँग भने।

आफूलाई चिनियाँ सुरक्षाफौजले ल्यान्ड गराएका कारण रोकिएको भन्ने जानकारी नआएको दाबी गरे। तर जिल्लास्थित सुरक्षा अधिकारीले भने यस बारेमा सम्बन्धित मन्त्रालयमा रिपोर्ट गरिसकेका छन्। अहिले उच्च तहमा कुराकानी गरेर हेलिकप्टर फर्काउन पहल भइरहेको छ।

बाढी प्रभावित रसुवा क्षेत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, उर्जामन्त्री दीपक खड्का, मुख्य सचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देलसहित सबै सुरक्षा प्रमुख, चिनियाँ राजदूत वाङ छनसोङ लगायत पुगेर निरीक्षण गरेका छन् ।


प्रतिकृया दिनुहोस्