Skip

Hamro Sanchar

प्रधानमन्त्रीसंग स्पेन भ्रमणमा गएकाहरू फर्किएनन् : सोबिता गौतम

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, २४ गते


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको स्पेनको कार्यक्रमको बहानामा गएका मानिसहरू नफर्किएको बताएकी छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले भनिन्, ‘सम्माननीय प्रधानमन्त्री जानुभएको स्पेनको कार्यक्रममा समेत केही मानिसहरू कार्यक्रममा सहभागी हुने बहाना गरेर नफर्किएको भन्नेलगायतका समाचारहरू पनि आइरहेका छन्। व्यक्ति विशेष कसैप्रति पनि हाम्रो आरोप छैन तर यो विषय गम्भीर हो।’

प्रधानमन्त्री ओली सहभागी स्पेनको कार्यक्रम जाने बहानामा को(को गएका थिए र उनीहरू को(को स्वदेश फर्किएनन् भन्ने थप विवरण भने उनले खुलाएकी थिइनन्।

प्रधानमन्त्री ओली असार १४ गते स्पेन भ्रमणमा गएका थिए।

स्पेनको सेभिल्लामा भएको ‘इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेशन्स् ९एफएफडि–४०’ का लागि राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री ओली स्पेन गएर असार २० गते स्वदेश फर्किएका थिए।

रास्वपा सांसद गौतमले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने बताइन्। ‘हाम्रो माग सम्बोधन गर्ने चौडा छाती सरकारसँग रहेनछ, त्यसकारण हामी विरोध स्वरूप आज पनि यो संसद बहिष्कार गर्दछौं,’ उनले भनिन्।

यसअघि सोमबारको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले पनि ुभिजिट भिसामा प्रधानमन्त्रीदेखि तल्लो तहको कर्मचारी मुछिएको दुर्गन्ध आइरहेकोु बताएका थिए।

यसअघि नेकपा ९माओवादी केन्द्र० का नेता रामप्रसाद सापकोटा ुदीपशिखाु ले सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री स्पेन जाँदा केही मानिस लगेको र उतै छोडेर फर्केको स्टाटस लेखेका थिए।

ल्अजल्अिभिि
‘प्रधानमन्त्रीज्यू, तपाईं स्पेन भ्रमणमा जाँदा केही मानिसहरू लगेको र उतै छोडेर फर्किएको भन्ने आरोप छ। कति गएका र कति फर्केका हुन् जनतालाई जबाफ चाहियो। प्रधानमन्त्रीको भ्रमणमा समेत मानव तस्करीको आरोप लाग्नु जत्तिको लज्जा राष्ट्रका लागि अरू के हुन्छ ररु’ सापकोटाले असार २२ गते फेसबुकमा लेखेका थिए ।


प्रतिकृया दिनुहोस्