Skip

Hamro Sanchar

रसुवा बाढी‍ : ३ जना प्रहरीसहित १८ जना बेपत्ता , ९ जनाको उद्धार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, २४ गते


काठमाडौं । चीनबाट आएको बाढीमा परेर रसुवामा १८ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ९ नेपाली नागरिक, ८ चिनियाँ नागरिक र तीन जना प्रहरी रहेका छन् ।

एक जना प्रहरीले चाहिँ नदीको बीचमा सुरक्षित रहेको भन्दै सम्पर्क गरेका छन् ।

यसबाहेक नदीको बीचमा फसेका ९ जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले बताए । अन्यको पनि खोजी कार्य जारी छ’, उनले थपे ।

सोमबार राति आएको बाढीले रसुवागडी हाइड्रोपावर, भन्सारसहितका स्थानमा क्षति गरेको छ । सुख्खा बन्दरगाहका ७ वटा इभी गाडी समेत बगेको छ । अहिले प्रभावित स्थानमा खोज तथा उद्धार कार्य जारी छ ।


प्रतिकृया दिनुहोस्