Skip

Hamro Sanchar

रविमाथि ज्यादती गरेको भन्दै रास्वपाले गरायो आयोगको ध्यानाकर्षण

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, २६ गते


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई पक्राउ गर्दा प्रहरीले ज्यादती गरेको भन्दै मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ ।

रास्वपाका कार्यवहाक महामन्त्री कविन्द्र बुर्लाकोटीको नेतृत्वमा गएको रास्वपाको टोलीले आयोगलाई ज्ञापनपत्र बुझाएको हो ।

हुलहुज्जत र दलबलसहित गैरकानूनी रूपमा अनावश्यक बल प्रयोग गरी अभद्र व्यवहार र घरपकड गरी प्रचलित कानून र न्यायिक प्रक्रियतासमेत अबलम्बन नगरी गैर कानूनी रुपमा पक्राउ गरेको रास्वपाका नेताहरूले बताए ।

उच्च अदालतको आदेश नआउँदै हातहतियारसहितको प्रहरीले अघोषित रुपमा घर सिल गरिएको बताए ।

मानव अधिकार उल्लंघनको घटनामा आयोगले छानबिन गरेर आवश्यक कामकारवाही अगाडि बढाउने आयोगका अध्यक्षले प्रतिबद्धता जनाएको बताए ।


प्रतिकृया दिनुहोस्