Skip

Hamro Sanchar

प्रधानमन्त्री ओली आज अर्घाखाँची जादै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, २६ गते


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज अर्घाखाँची जाने भएका छन्।

अर्घाखाँचीको ‘पाणिनी तपोभूमि सम्मेलन’ उद्घाटनका लागि त्यहाँ जान लागेका हुन्। उनी काठमाडौंबाट हेलिकप्टरबाट बिहान साढे ११ बजे पाणिनी जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

संस्कृत भाषा व्याकरणको उत्पत्ति भएको पुण्य तपोभूमिलाई विश्वसामु चिनाउन सम्मेलन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने जानकारी दिए। सम्मेलन बिहीबार सम्पन्न हुनेछ।

लुम्बिनी प्रदेश सरकारको उद्योग पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद् र पाणिनी गाउँपालिकाको सहकार्यमा सम्मेलन हुन लागेको हो ।


प्रतिकृया दिनुहोस्