Skip
आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कागेश्वरी मनोहराको एघारौँ नगर सभा : १० वटा ऐन-नियम पारितका लागि पेस

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, २४ गते


Advertisement

काठमाडौं, पुस २४- कागेश्वरी मनोहरा नगरपालिकाको एघारौँ नगर सभामा १० वटा ऐन तथा नियम पारितका लागि पेस भएको छ । बुधबार बसेको सभामा नगर प्रमुख उपेन्द्र कार्कीले १० वटा ऐन नियम, कार्यविधि तथा समितिको प्रतिवेदन पारितका लागि पेस गरेका हुन् ।

सभामा नगर प्रमुख कार्कीले बिज्ञापन ऐन २०८१, विनियोजन ऐन २०८१ को संसोधन, आर्थिक ऐन २०८१ को संसोधन, पशु सेवा कार्यक्रम संचालन कार्यविधि २०८१, बस्ती विकास तथा भवन शाखाको लागि पारित गर्ने प्रस्ताव, शिक्षा, युवा तथा खेलकुद विकास शाखाको पारित गर्ने प्रस्ताव, बहाल कर ब्यबस्थापन कार्यविधि कार्यविधि २०८१, खानेपानी तथा सरसफाई कार्यविधि २०८१, कृषि विकास कार्यक्रम संचालन कार्यविधि २०८१ र दलित सशक्तीकरण ऐन गरेर १० वटा ऐन नियम, कार्यविधि संसोधन पेस गरेका थिए ।

पेस भएका ऐन नियम, कार्यविधि संसोधन सहित पास गर्नलाई लिखित सुझाव माग गरिएको छ । प्राप्त सुझावलाई समेटेर एक हप्ताभित्र पारित गर्ने आजको सभाले निर्णय गरेको छ ।

सभामा लेखा समितिको प्रतिवेदन समितिका सभापति तथा वडा नम्बर-३ का अध्यक्ष राममणि पुडासैनी, सामाजिक सेवा तथा क्षमता विकास समितिको प्रतिवेदन सभापति वडा नम्बर-१ का अध्यक्ष मकुन्द गजुरेल, राजश्व परामर्श समिति सभापति उपमेयर शान्ता थापाको तर्फबाट वडा नम्बर-६ का अध्यक्ष प्रकाश फुयाल, वातावरण तथा विपद ब्यबस्थापन समितिको प्रतिवेदन सभापति तथा वडा नम्बर-४ का अध्यक्ष बिजय श्रेष्ठ ‘धन’, पूर्वाधार विकास समितिको सभापति अनिल थापा, विदेश समितिका सभापति भीमसेन थापाको तर्फबाट मकुन्द गजुरेल, स्थानीय सेवा तथा सुशासन समितिको प्रतिवेदन सभापति तथा वडा नम्बर-५ का अध्यक्ष शंकर पाण्डे, सार्वजनिक जग्गा संरक्षण समितिको प्रतिवेदन वडा नम्बर-२ का अध्यक्ष सुरज खड्का, विकास समितिको प्रतिवेदन सभापति सारा पुर्कोटी र आर्थिक विकास समितिका प्रतिवेदन कार्यपालिका सदस्य प्रकाश नेपालीले पेश गरेका थिए ।

सभामा उठेका सुझाव र प्रश्नलाई नगरप्रमुख र उप प्रमुख शान्ता थापाले जवाफ दिएका थिए भने सभालाई अध्यक्षता ग्रहण गरेका प्रमुख कार्कीले समापन गरेका थिए ।


प्रतिकृया दिनुहोस्