काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की आज ९बिहीबार० बिहानै हिमाली जिल्लाको भ्रमणमा निस्केकी छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार निर्वाचन तयारीको वस्तुस्थिति बुझ्न कार्की आज बिहान काठमाडौँबाट हेलिकप्टरमा सोलुखुम्बुको नाम्चे पुगेकी छन्। ‘प्रधानमन्त्रीज्यूले नाम्चेका स्थानीय अधिकारीहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ’, प्रेस सल्लाहकार रावलले भने, ‘भ्रमण आज र भोलिसम्म जारी रहनेछ।’...
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले विज्ञप्ती जारी गरी कुनै पनि प्रकारका प्रदर्शन, जुलुस, भेला र नाराजुलुस नगर्न सूचना जारी गरेको हो। विमानस्थल क्षेत्रलाई संवेदनशील मान्दै शान्ति–सुरक्षा तथा आवागमन व्यवस्थापनलाई ध्यानमा राखेर यस्तो...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कर्णाली प्रदेशसभा संसदीय दलका सदस्य तथा पार्टीका केन्द्रीय सदस्य राजकुमार शर्मालाई पार्टीबाट निष्कासन गरेको छ। पार्टीको मंगलबार बसेको केन्द्रीय समितिको बैठकले उनलाई साधारण सदस्यसमेत नरहने गरी केन्द्रीय समिति लगायत दलको सम्पूर्ण जिम्मेवारी र कर्णाली प्रदेश संसदीय दलको सदस्यबाट समेत निष्कासन गर्ने निर्णय गरेको...