Skip

Hamro Sanchar

माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, २० गते


काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बैठक बसेको हो ।

बैठकमा स्थानीय तह उपनिर्वाचन, पार्टीको केन्द्रीय समिति बैठकको तयारी, भ्रातृ सङ्गठन अखिल क्रान्तिकारीको स्थगित २३औँ राष्ट्रिय सम्मेलन लगायत विषयमा छलफल भइरहेको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

त्यस्तै पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङ र लुम्बिनी प्रदेशका पूर्वप्रदेश प्रमुख अमिक शेरचनलाई उपाध्यक्ष बनाउने विषयमा पनि आजको बैठकमा छलफल हुने बताइएको छ ।


प्रतिकृया दिनुहोस्