Hamro Sanchar

बाबुरामको टिप्पणी : उपनिर्वाचनमा जनताले विकल्प नपाएर पुरानै दलमध्ये एउटालाई छान्न बाध्य भए

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, १८ गते


Advertisement

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेसपा ९नयाँ शक्ति०का अध्यक्ष डा बाबुराम भट्टराईले हालै सम्पन्न स्थानीय तह उपनिर्वाचनमा जनताले विकल्प नपाएर पुरानै दलमध्ये एउटालाई छान्न बाध्य भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन् -दुई वर्षभित्रै भएको ४१ वटा स्थानीय तहको उपनिर्वाचनमा अधिकांश ठाउँमा पहिले जितेको दलले हारेको र अर्को दलले जितेको देखिएको छ। साथै केही ठाउँलाई छाडेर अधिकांश ठाउँमा तीन पुराना दल नै एक अर्कोको विकल्प बनेका छन्। यसको सोझो अर्थ हो जनता असन्तुष्ट छन्, विकल्प चाहन्छन्, तर नयाँ विकल्प नपाएर पुरानैमध्येबाट एउटालाई छान्न बाध्य छन्।

नयाँ र वैकल्पिक शक्तिहरूले यसबाट पाठ सिकेर, आआफ्ना कमजोरीहरू सच्याएर अर्को पटक जनतालाई विश्वासिलो र भरपर्दो विकल्प दिन सक्नुपर्ने उनले उल्लेख गरेका छन् ।


प्रतिकृया दिनुहोस्