Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

रविविरुद्धको पासपोर्ट मुद्दा अब ४ महिनापछि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, १७ गते


Advertisement

काठमाडौं। सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर रिट निवेदनको सुनुवाइका लागि ४ महिनापछि तारिख तोकेको छ ।

सोमबार पेशी तोकिएकोमा न्यायाधीशहरुले मुद्दा हेर्न नभ्याएपछि १८ चैतका लागि मुद्दाको पेशी तोकिएको हो ।

महान्यायाधीवक्ता कार्यालयले रवि लामिछानेमाथि पासपोर्ट दुरुपयोग सम्बन्धी अनुसन्धानमा मुद्दा नचल्ने निर्णय गरेपछि त्यो निर्णय बदर हुनुपर्ने माग राखी युवराज पौडेलले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए।

पटक(पटक स्थगित भएको मुद्दाको सुनुवाईका लागि ४ महिनापछि पालो तोकिएको हो ।


प्रतिकृया दिनुहोस्