काठमाडौं । गृह मन्त्रालयले १२ जना उपसचिवको सरुवा गरेको छ । बिहीबार मन्त्रालयले उपसचिवहरू, कारागार प्रशासकहरू, सहायक प्रमुख जिल्ला अधिकारीहरू लगायतको सरुवा गरेको हो ।
मन्त्रालयले गीता घिमिरेलाई ललितपुरमा सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेको छ । चुडामणि शर्मा गौमलाई चितवनमा सहायक प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।