Hamro Sanchar

रवि लामिछानेलाई पोखराबाट काठमाडौं ल्याइयो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, १३ गते


Advertisement

काठमाडौं । सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई काठमाडौं ल्याइएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका पूर्वगृहमन्त्री समेत रहेका रविलाई बुद्ध एयरको विमानबाट भर्खरै काठमाडौं ल्याइएको हो । उनी विमानको लास्ट सीटमा बसेका छन् ।

काठमाडौंमा स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा रविलाई पनि आरोपित गरेर जाहेरी दिइएको छ । यसैको अनुसन्धानका लागि काठमाडौं ल्याउन लागिएको हो । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतले पनि पक्राउ पूर्जी जारी गरिसकेको छ ।

रविलाई अनुसन्धानकाला लागि लैजान लागिएको काठमाडौं तेस्रो जिल्ला हो । कास्कीबाट उनलाई रुपन्देही लगेर फेरि फिर्ता गरिएको थियो । काठमाडौंपछि चितवन लैजाने सेड्यूल छ ।


प्रतिकृया दिनुहोस्