Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

जनताको अवस्था परिवर्तन गर्न नयाँ आन्दोलनका लागि म रातदिन खटिरहेको छु : प्रचण्ड

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, १३ गते


Advertisement

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार असंवैधानिक ढंगले बनेको दोहोर्याएका छन्।

कीर्तिपूरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अनुसन्धानको सुई अहिले अहिले सरकार सञ्चालन गर्नेहरुतिर फर्किएपछि आफू नेतृत्वको सरकार ढालिएको बताए।

उनले भने, अहिलेको सरकारले अलोकतान्त्रिक र असंवैधानिक कदम चाल्न खोज्दैछ। त्यसको फैसला जनताले सुनाउनेछ। जरुरी पर्यो भने हामी नयाँ आन्दोलनतिर पनि जानेछौं। हामीले प्रतिपक्ष दलको नेताको तर्फबाट होस् वा विपक्षी दलको तर्फबाट वक्तव्य दिइरहेका छौं। हाम्रो मागको सरकारले सुनुवाई गरेन भने हामी प्रतिनिधि सभाको विशेष अधिवेशन बोलाउन प्रतिबद्ध छौं। त्यहाँबाट पनि लडाइँ छेडिनेछ। त्यहाँबाट पनि देशव्यापी अभियान चलाउनुपर्ने बाध्यता हुनसक्छ।

उनले अहिले हुन लागेको उपनिर्वाचन भ्रष्टाचारको पक्षमा कि विपक्षमा भन्ने जनमतसंग्रह भएको बताए।

अहिले ४४ स्थानमा हुने लागेको उपनिर्वाचनले ८४ को सन्देश दिने बताए। उनले बेचन झा र प्रतिक थापा पक्राउ परेपछि कांग्रेस-एमाले मिलेर सरकार बनाएको दाबी गरेका छन् ।


प्रतिकृया दिनुहोस्