Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सरकारी गाडी लिएर चुनाव प्रचारमा हिडेका एमाले सांसदको गाडी नियन्त्रणमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, १३ गते


Advertisement

काठमाडौं । कपिलवस्तुमा एमाले सांसदले उपनिर्वाचनको प्रचारमा जाँदा सरकारी गाडीको दुरुपयोग गरेको भन्दै नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका कार्यकर्ताले नियन्त्रणमा लिएका छन्।

शुद्दोधन गाउँपालिकाको १ मा उपनिर्वाचनलाई प्रभावित पार्न खोजेको भन्दै प्रदेश सांसद गिरिधारीलाल न्यौपानेसहित एमाले नेताहरु चढेको गाडी प्रहरीलाई बुझाएका हुन्।

अहिले उक्त गाडी इलाका प्रहरी कार्यालय पकडीमा राखिएको कपिलवस्तु प्रहरीले जानकारी दिएको छ। लुम्बिनी प्रदेशसको विषेशाधिकार समिति सभापति रहेका न्यौपानेले प्रयोग गर्ने बा १२९७ नम्बरको गाडीमा एमाले जिल्ला अध्यक्ष बाबुराम खनाल, पूर्व अध्यक्ष झविलाल पोखरेल लगायतका नेता कार्यकर्ताहरु प्रचारमा गइरहेका थिए।

आज उपनिर्वाचनका लागि प्रचारप्रसारको अन्तिम दिन दलहरुले प्रचारप्रसार व्यापक बनाएका छन्। आजराति १२ बजेबाट मौन अवधि सुरु हुनेछ ।


प्रतिकृया दिनुहोस्