Hamro Sanchar

सभामुख घिमिरे आज कम्बोडिया जाँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, ७ गते


Advertisement

काठमाडौं । सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै छन् ।

सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औं सम्मेलन (आईपीटीपी) मा सहभागी हुन घिमिरे कम्बोडिया जान लागेका हुन् ।

कम्बोडियाको नोम पेन्ह सहरमा नोभेम्बर २३ देखि २६ सम्म अर्थात् मंसिर ८ गतेदेखि १० गतेसम्म उक्त सम्मेलन हुँदैछ । सभामुख घिमिरे सम्मेलनमा सहभागी भएर ११ गते स्वदेश फर्कने कार्यक्रम छ ।

ग्लोबल काउन्सिल फर टोलरेन्स एन्ड पिसले विभिन्न मुलुकका सांसदबीच अन्तर्क्रियाका लागि सन् २०१७ देखि यो सम्मेलन आयोजना गर्दै आएको छ ।

सम्मेलनमा एक सय भन्दा बढी देशका जनप्रतिनिधि सहभागी हुनेछन् ।


प्रतिकृया दिनुहोस्