Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पूर्वराजा ज्ञानेन्द्र शाह आज लुम्बिनी जादै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, ७ गते


Advertisement

बुटवल । पूर्वराजा ज्ञानेन्द्र शाह आज लुम्बिनी थाइजेन्ड बुद्ध विहारमा चलिरहेको पूजा सरिक हुन लुम्बिनी आउँदै छन्।

मङ्सिर ४ गतेबाट उक्त विहारमा विश्व शान्तिको कामना र विहारमा स्थापना गरिएका १ हजार बुद्ध मूर्तिको प्राण प्रतिष्ठान पूजा चलिरहेको छ।

आज उक्त विहारको उद्घाटन सङ्घीय सांसद बाबुदेव घिमिरे, लुम्बिनी विकास कोषका उपाध्यक्ष डाक्टर ल्यारल्केल लामा र उक्त विहार प्रमुख छोक्याइ निमा रिम्पुन्छे गर्ने जनाएको छ।

उद्घाटन भएपछि पुर्पुरा पूजामा सरिक हुन पूर्व राजा लुम्बिनी आउने भएका हुन् । ज्ञानेन्द्रको लुम्बिनीमा पूजा बाहेक अन्य कार्यक्रम भएको औपचारिक जानकारी नआएको लुम्बिनी विकास कोषले जनाएको छ।

शाह पूजा सकेर आज नै काठमाडौँ फर्कने योजनामा रहेको बताइएको छ।

महायान परम्परा अनुसार चलिरहेको पूजामा अहिले १२ देशका ६ सय भन्दा धेरै बुद्धिमार्गिहरु सहभागी भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पूर्वराजाको सवारीमा कुनै भिआइपी सुरक्षा व्यवस्था नभएको जानकारी दिएको छ । तर भिडभाड हुने ठाउँमा आवश्यकता अनुसार प्रहरी परिचालन गर्ने तयारीमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

शाह आउँदा लुम्बिनी आउने पर्यटनलाई पनि कुनै असर नपर्ने विकास कोषले जनाएको छ।


प्रतिकृया दिनुहोस्