Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रदीप ज्ञवालीको आरोप : सरकारबाट हटेपछि प्रचण्ड तिकडम खेल्दैछन्

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, ५ गते


Advertisement

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारबाट हटेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न तिकडम अपनाउन थालेको आरोप लगाएका छन् ।

बुधबार एमाले प्रचार विभागले आयोजना गरेको पत्रकार भेटघाटमा ज्ञवालीले प्रचण्डको पछिल्ला अभिव्यक्ति तिकडमका संकेत भएको बताएका हुन्

‘प्रचण्डको अभिव्यक्ति बंगलादेश, श्रीलंका बनाइदिन्छु भन्ने, पहिचानवादीसँग कोशी मान्दिनौ भन्दै सँगै आन्दोलनमा जान खोज्नु, भारतीय मिडियासँग अन्तर्वार्ताको क्रममा दिएको अभिव्यक्तिले सरकारबाट हटेपछि फेरि सबैखाले तिकडम अपनाउँदै छन् भन्ने देखाएको छ’, उनले भने, ‘अराजकता मौलायो भने भ्याकुमभित्र अलोकतान्त्रिक तत्त्वले खेल्छन् । ६ सालदेखि परिवर्तनका संवाहक मुख्य कांग्रेस र एमाले हुन् ।’

उनले अराजकता र लोकतन्त्र सँगसँगै जान नसक्ने पनि बताए ।


प्रतिकृया दिनुहोस्