Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पर्यटनमन्त्रीसँग माफी माग्दै सांसद बजगाईंले भने : निकै चोट परेको रैछ क्षमाप्रार्थी छु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, ५ गते


Advertisement

काठमाडौं। संस्कृति, पर्यटन तथा उड्यनमन्त्री बद्री पाण्डे सँग नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले माफी मागेका छन्।

बुधबार पार्टी केन्द्रीय कार्यालयमा मन्त्री पाण्डेसँग आवेशमा आएर आफू बोलेको एवं सामाजिक सञ्जालमा लेखेको भनि उनले बजगाईंले माफी मागेका हुन् ।

महामन्त्री विश्वप्रकाश शर्मा र अनुशासन समितिका संयोजक आनन्द ढुङ्गाना समेत रहेको छलफलमा बजगाईंले आवेशमा आएर अभिव्यक्ति दिनु गलत भएको बताएका थिए ।

मन्त्री पाण्डे र सांसद बजगाईंलाई अनुशासन समितिले केन्द्रीय कार्यालय बोलाएको थियो । पार्टी केन्द्रीय कार्यालयमा सांसद बजगाईंले आत्मआलोचना सहितको स्पष्टीकरण बुझाएका छन् ।

बजगाईंले बुधबार विहान सामाजिक सञ्जालमा आफ्नो बोली फिर्ता लिएको लेखेका थिए । ‘मैले लगाएको आरोपले वहाँ मन्त्रीजीलाई निकै चोट परेको पाएँ । त्यसकारण उक्त लांछित अभिव्यक्ति फिर्ता लिएको छु । टिप्पणीबाट परिवारजनमा परेको चोटप्रती पनि क्षमाप्रार्थी छु,’ सामाजिक सञ्जालमा बजगाईंले लेखेका छन् ।


प्रतिकृया दिनुहोस्