काठमाडौं । काठमाडौँ महानगरपालिकाले गौशाला क्षेत्रका अतिक्रमण गरेर बनाइएका संरचना हटाएको छ।
चक्रपथ सडक सीमाभित्र अतिक्रमण गरेर बनाइएका संरचनामा आज महानगरपालिकाले डोजर चलाएको हो।
चक्रपथ सडक सीमा २५ मिटरभित्र बनाइएका पक्की, कच्ची संरचना हटाउने कार्यअन्तर्गत शुक्रबार यस क्षेत्रमा डोजर चलाइएको महानगरले बताएको छ।
सडक विभागका अनुसार अतिक्रमण गरेर सडक सीमामा बनेका घरहरूलाई स्थानीय सरकारको अग्रसरतामा हटाउन लागिएको हो ।