रुपन्देही । रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई रुपन्देहीमा ३ दिनको बयान सकिए पछि आज पोखरा लगिएको छ ।
सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट लामिछानेले ऋण लगि रकम अपचलन गरेको उनीमाथि आरोप थियो ।
बिहानैबाट हुस्सु लागेर मौसम खराबीका कारण भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नखुलेकाले पौने ८ बजेको उडान साढे ५ घण्टा डिले भएको थियो ।
रुपन्देहीका प्रहरी प्रवक्ता लक्ष्मी खनालले लामिछानेलाई विमानस्थल खुलेपछि पोखरा पठाइएको बताइन् ।
बिहीबार अन्तिम उडानमा पठाउन खोजिएपनि बयान सकिएपछि कागजपत्र मिलाउन ढिलाई भएकाले आजलाई सारिएको थियो । उनलाई यती एयरमार्फत पोखरा पठाइएको हो ।