Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रचण्डको आरोप :  प्रधानमन्त्री ओलीले चिनियाँ कार्ड खेले

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, २९ गते


Advertisement

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘चिनियाँ कार्ड’ खेलेको आरोप लगाएका छन्।

भारतीय पत्रिका द हिन्दुकी पत्रकार सुहासिनी हैदरसँगको अन्तर्वार्तामा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली चीन भ्रमणमा जान लागेको विषयमा टिप्पणी गर्दै ‘चिनियाँ कार्ड’ को आरोप लगाएका हुन्।

प्रधानमन्त्री ओली मंसिर २७ गतेदेखि चीनको औपचारिक भ्रमणमा जाने तयारीमा छन्।

हैदरले प्रधानमन्त्रीका रूपमा ओलीले पहिलो पटक चीनको औपचारिक भ्रमण गर्न लागेको विषयमा प्रचण्डलाई प्रश्न सोधेकी थिइन्।

जबाफमा प्रचण्डले भनेका छन्, ‘यो केपी ओली सरकारको अपरिपक्वता हो। सरकारले दुई छिमेकीसँगको सम्बन्धमा परिपक्वता देखाउनुपर्थ्यो। केपीजी चीनको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ। यो भ्रमण चिनियाँ कार्ड जस्तो देखिएको छ, जुन गलत छ। हाम्रो इतिहास, संस्कृति र भूगोलका आधारमा हामीले छिमेकीसँग बराबरको सम्बन्ध निभाउनुपर्छ। उहाँले (चीन) जानुअघि भारतसँगको हाम्रो विशेष सम्बन्धको ख्याल राख्नुपर्थ्यो।’

प्रचण्डले प्रधानमन्त्रीका रूपमा आफ्नो कार्यकालमा नेपाल र भारतको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको दाबी गरेका छन्।

अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी हुन भारत गएका बेला मोदी र विदेश मन्त्री एस जयशंकरसँग भेटेको र दुई देशले एकअर्काको हितअनुसार बलियो सम्बन्ध बनाएको दाबी गरेका छन्।

प्रचण्डले आफू प्रधानमन्त्रीको दौडमा नरहेको पनि बताएका छन् भने आफू जनतासँगको सम्बन्ध सुधारमा लागेको उल्लेख गरेका छन् ।


प्रतिकृया दिनुहोस्