Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

एमालेका पूर्वमन्त्री अधिकारीद्वारा पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गर्न निवेदन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, २४ गते


Advertisement

विराटनगर । कोशी प्रदेश सभा सदस्य तथा निवर्तमान मन्त्री लीलाबल्लभ अधिकारीले नेकपा एमाले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गर्न पार्टीमा निवेदन दिएका छन् ।

नेकपा एमालेको प्रतिनिधि परिषद् सदस्य रहेका अधिकारीले नेकपा एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडालाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरि पाउँ भन्दै निवेदन बुझाएका हुन् ।

जापान भ्रमणको सिलसिलामा उठेको सार्वजनिक टीकाटिप्पणी र आरोप प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भई त्यस बारेमा स्वतन्त्र र निष्पक्ष अनुसन्धानमा सहयोग पुर्याउने उद्देश्यले पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी पद मुक्त गरिदिन उनले निवेदनमा भनेका छन् ।

‘आफूले आन्तरिक मामिला तथा कानुन मन्त्रीको पदबाट राजीनामा बुझाई सकेको पार्टी परिवारलाई अवगत नै छ, उनले बुझाएको निवेदनमा भनिएको छ, म माथि उठेका सार्वजनिक टिका टिप्पणी र आरोपको सत्य तथ्य छानबिनमा सहयोग पु¥याउने उद्देश्यले अनुसन्धान तथा छानबिनको अन्तिम टुङ्गो नलागेसम्म पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरी पाउँ ।’

उनले संसदीय जिम्मेवारीको बारेमा भने केही उल्लेख गरेका छैनन् । आफू निर्वाचित सदस्य भएकोले जनताद्वारा निर्वाचित सदस्यको हैसियतले आफू प्रदेशसभा सदस्यको जिम्मेवारीमा भने रहने बताएका छन् ।

‘मैले पार्टी भित्रबाट मलाई अनुसन्धान गर्नको लागि कुनै हस्तक्षेप नहोस् र निष्पक्ष छानबिन होस् भनेर पार्टीलाई प्रतिनिधि परिषद् सदस्यको जिम्मेवारीबाट हटाउन निवेदन दिएको हुँ’, उनले भने, ‘संसदीय जिम्मेवारीको बारेमा मैले केही उल्लेख गरेको छैन ।’

उनले यस अघि नै जापान जाने क्रममा आफू माथि विभिन्न टिका टिप्पणी भएको भन्दै कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीको हैसियतमा राजीनामा दिएका थिए ।


प्रतिकृया दिनुहोस्