Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सभापति लामिछाने पक्राउ परेपछि रास्वपाको जिल्ला भेला स्थगित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, ३ गते


Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जिल्ला अधिवेशनहरू तत्लकालाई स्थगित गरेको छ ।

पार्टी सभापती रवि लामिछाने सहकारीको रकम ठगीमा पक्राउ परेपछि रास्वपाले अधिवेशन स्थगित गर्न निर्देशन दिएको हो । गत बिहीबारदेखि रास्वपाले जिल्ला भेला सुरु गरेको थियो ।

रास्वपाले विकसित राजनीतिक घटनाक्रमका कारण भन्दै जिल्ला अधिवेशन स्थगित गर्न सर्कुलर गरेको छ । र, पार्टी सभापति पक्राउको विरोध गर्न जिल्ला सदरमुकाम केन्द्रित कार्यक्रम गर्न निर्देशन दिएको छ ।

‘राजनीतिक प्रतिशोध साँधेर सरकारले दोषीलाई च्याप्ने निर्दोषलाई न्याक्ने गरी अराजनीतिक कदम चालेको विरोधमा भोलि देशैभर जिल्ला सदरमुकाम केन्द्रित कार्यक्रम आयोजना गर्न समेत यसै सूचना मार्फत अनुरोध गर्दछौं,’ कार्यबहाक महामन्त्री कविन्द्र बुर्लाकोटीले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रहरीले जिल्ला अदालत कास्कीबाट अनुमति लिएर शुक्रबार लामिछानेलाई रास्वपाकै पार्टी कार्यालयबाट पक्राउ गरेको हो ।

लामिछानेमाथि सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा।लि।मा अपचलन गरेको आरोप छ । तर, रास्वपाले भने राजनीतिक प्रतिशोध साँध्न सभापति लामिछानेलाई पक्राउ गरिएको बताएको छ ।


प्रतिकृया दिनुहोस्