Skip
आज : २०८१ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

काठमाडौँबाट भोजपुर जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना: २ जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, २१ गते


Advertisement

काठमाडौं । काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा दुर्घटना हुँदा दुईजनाको निधन भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार, बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।

सोमबार दिउँसो करिब पौने ३ बजेतिर बस दुर्घटनामा परेको थियो।

बसमा लगभग २५ जना सवार रहेको प्रहरीले जनाएको छ। घाइते भएकाहरूलाई जिल्ला अस्पताल, कपिलाकोट र स्थानीय अस्पतालमा पुर्‍याइएको प्रहरीले जनाएको छ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।


प्रतिकृया दिनुहोस्