Skip
आज : २०८१ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

राष्ट्रपति पौडेलले गरे दक्षिणकाली मन्दिरमा पूजाअर्चना

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, २१ गते


Advertisement

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित बडादशैंको अवसरमा आज बिहान दक्षिणकाली मन्दिरमा पूजाअर्चना गर्नुका साथै पूजारीबाट टीकाप्रसाद ग्रहण गरेका छन् ।

काठमाडौंको दक्षिण भेग दक्षिणकाली नगरपालिकामा पर्ने यस मन्दिर उपत्यकाको प्रमुख शक्तिपीठमध्ये एक मानिन्छ ।

सो अवसरमा दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले मन्दिर क्षेत्रमा हालैको बाढीले पारेको क्षतिको विवरण प्रस्तुत गर्दै पीडितलाई राहत तथा मन्दिर क्षेत्रको पुनःनिर्माणमा सहयोगका लागि आग्रह गरे ।

साथै काठमाडौं मकवानपुरको सडक छिटो पुनःनिर्माण गरी निर्वाध यातायात सञ्चालन हुनुपर्नेमा जोड दिए ।

राष्ट्रपति पौडेलले बाढी पहिरोले यस क्षेत्रमा भएको धनजनको क्षतिप्रति सहानुभूति व्यक्त गर्दै मन्दिर क्षेत्र र सडक निर्माण एवम् पीडितलाई राहतका लागि सरकारको ध्यानाकर्षण गराउने बताए ।

राष्ट्रपति पौडेल मन्दिर पुग्दा स्थानीय निकायका जनप्रतिनिधि, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी र सर्वसाधारणले स्वागत गरेका थिए ।


प्रतिकृया दिनुहोस्