Skip
आज : २०८१ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कार्यभार सम्हालेपछि नवनियुक्त प्रधानन्यायाधीश राउतले भने : न्यायालय लयमा फर्कियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, २० गते


Advertisement

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले अबको न्यायपालिका गरिमामय हुने बताएका छन् ।

आइतबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको कार्यभार सम्हालेपछि उनले न्यायालय लयमा फर्किएको उल्लेख गरे । अब न्यायालयले फड्को मार्ने उनले बताए ।

“अबको न्यायालय एकदम गरिमाय हुनेछ । समृद्ध बनाउने प्रयत्न हुन्छ, मर्यादायुक्त हुन्छ,” पत्रकार सम्मेलन गर्दै प्रधानन्यायाधीश राउतले भने, “निष्ठाले ओतप्रोत न्यायाधीशहरूको टिमले भोलिका दिनमा आफ्ना कामद्वारा प्रश्नहरूको जवाफ दिनुहुनेछ ।”

उनले न्यायपालिका लयमा फर्कन सर्वोच्चमा रहेका न्यायाधीश र कर्मचारीहरूको संयुक्त प्रयासले सम्भव भएको बताए । आफूसँग सक्षम न्यायाधीश र कर्मचारीको टिम रहेको उनले उल्लेख गरे ।

पाँचौँ पञ्चवर्षीय रणनीतिक योजनाअनुसार नै न्यायालयको सुधार हुने उनले बताए । न्यायालयको सुधारका निम्ति विकृति, विसंगतिको अध्ययन गर्न गठित पूर्वप्रधानन्यायाधीश हरिकृष्ण कार्कीको समितिका सदस्य समेत रहेका राउतले उक्त प्रतिवेदनले औँल्याएका कमी–कमजोरी पनि सच्याउँदै यसप्रति नागरिक आस्था फर्र्काउने सुनाए ।


प्रतिकृया दिनुहोस्