Skip
आज : २०८१ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २३९ पुग्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, १९ गते


Advertisement

काठमाडौं । अघिल्लो साता आएको बाढीपहिरोमा परी हालसम्म २ सय ३९ जनाको मृत्यु भएको ।

१८ जना अझै बेपत्ता रहेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी जानकारी दिए । उनका अनुसार १७८ जना घाइते भएका छन् ।

हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय २० जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मत गरी यातायात सञ्चालन गर्न अथक प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए ।

यही असोज १२ गते आएको बाढीपहिरोले काठमाडौं उपत्यका, काभ्रेलगायत बागमतीमा ठुलो क्षति भएको छ ।


प्रतिकृया दिनुहोस्