आज : २०८१ आश्विन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

वर्षा नरोकिएपछि आन्तरिक उडान बन्द

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, १२ गते


Advertisement

काठमाडौँ । अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान बन्द भएको छ ।

वर्षा नरोकिएको र वैकल्पिक विमानस्थल नहुँदा आन्तरिकतर्फ उडान हुन नसकेको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिएका छन् ।

काठमाडौँ बाहिर नागरिक उड्डयन कार्यालयका सबै स्टेसन बन्द छन् ।

अन्तर्राष्ट्रिय तर्फ भने आज दोहाबाट आएको कतार एयरवेजको विमान त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ । एयर अरेबिया पनि ल्यान्ड गर्ने क्रममा रहेको शेर्पाले बताए ।


प्रतिकृया दिनुहोस्