Hamro Sanchar

दुई ठुला पार्टी मिलेर बनेको सरकारप्रति भारतको निकै राम्रो रिस्पोन्स पाएँ : परराष्ट्रमन्त्री आरजु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, ७ गते


Advertisement

काठमाडौँ । परराष्ट्रमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवाले आफ्नो भारत भ्रमणबारे केन्द्रीय समिति बैठकलाई ब्रिफिङ गरेकी छन् ।

पार्टी कार्यालय सानेपामा बसेको बैठकमा उनले आफ्नो भारत भ्रमणबारे ब्रिफिङ गरेकी हुन् ।

उनले भारत भ्रमणका क्रममा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट भएको र सो क्रममा आफूले प्रधानमन्त्री केपी शर्माओलीले पठाएको नेपाल भ्रमणको निम्तापत्र हस्तान्तरण गरेको जानकारी दिइन् ।

उनले मोदीले नेपाल आउने जवाफ दिएको तर कहिले भन्नेबारे चाहिँ निश्चित नभएको बताइन् ।

दुई ओटा ठुला पार्टी मिलेर बनेको सरकारप्रति भारतीय पक्षको सकारात्मक प्रतिक्रिया पाएको उनले बताइन् ।

‘दुई ठुल ठुला पार्टी मिलेर बनेको सरकारप्रति कस्तो रिस्पोन्स रहन्छ भन्ने थियो । भेटका क्रममा निकै राम्रो रिस्पोन्स रहेको पाएँ । विकासमा सहयोग गर्छु भन्नु भएको छ’, उनले बैठकलाई ब्रिफिङ गर्दै भनिन् । यस्तै भारतीय पक्षसँग टीआरसीका लागि सहयोग मागेको पनि जानकारी दिइन् ।


प्रतिकृया दिनुहोस्