Skip

Hamro Sanchar

दोलखामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गएका छात्रामाथि जातीय विभेद

प्रदिप नेपाली प्रकाशित : २०८० पुष, ४ गते


दोलखा, पुस ४- दोलखाको गौरीशंकर गाउँपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गएका २ छात्रामाथि जातीय विभेद भएको छ ।

गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा गएका निलकण्ठेश्वर माध्यमिक विद्यालय जुगुका २ छात्राहरु अम्बिका (नाम परिवर्तन) सेन्चयूरी र सबिना घतानीमाथि गाउँपालिकाको वडा नम्बर १ जुगु निवासी नारायण थापाकी श्रीमती होटल ब्यबसायी गमला थापाले जातीय भेदभाव गरेकी हुन् ।

जातको कारण देखाउँदै गमलाले उनीहरुलाई कोठा छोड्न बाध्य बनाएकी थिइन् ।

गाउँपालिकाको वडा नम्बर ६ चंखु निवासी २ छात्राहरुमाथि होटलमा बास बस्ने क्रममा ब्यबसायी थापाले जातीय भेदभाव गर्दै कोठाबाट निकालेकी हुन् । उक्त होटलको विद्यालयले ब्यबस्थापन गरेको थियो ।

जातीय भेदभाव भएकोले निजका आमाहरुले कारबाही गरिपाउँ भन्दै गाउँपालिकामा निवेदन पेश गरेपछि घटना बाहिरिएको हो ।

गमलाले जात के भनि सोधेपछि हामी विश्वकर्मा हौँ भनेपछि हाम्रो घरमा विश्वकर्माहरुलाई घरभित्र राख्ने छोएको खाने गरेको भन्दै बसीरहेको कोठाबाट निकाली भुइँकोठामा राखेको पिडितहरुले बताएका छन् ।

पिडितका आमाले स्थानीय सरकारले संचालन गरेको कार्यक्रममा पैसा लिएर संचालनमा ल्याएको होटलमा जातीय भेदभावका भएका कारण बाल मनोवैज्ञानिकमा असर परेको हुनाले छुवाछुत कसुर र सजाय ऐन्अनुसार कारबाही गरिपाउँ भन्दै गाउँपालिकामा निवेदन दिएका छन् ।

छात्राहरुको तर्फबाट जातीय विभेदको हिंसा भोग्नु परेको बिषयमा उजुरी परेकोले अनुसन्धान गरि कारबाही गरिने गाउँपालिकाले बताएको छ ।

गाउँपालिकामा बिहीबारदेखि शुरु भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो ।

छुवाछुतमुक्त राष्ट्र घोषणा भएको नेपालमा जातका आधारमा कुनै पनि व्यक्तिलाई हिंसा गर्न पाइँदैन ।

जातीय विभेदका आधारमा उनीहरुलाई हिंसा गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याउन दलित अधिकारकर्मीले माग गरेका छन् ।


प्रतिकृया दिनुहोस्