
हेटौँडा, मंसिर १४- मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा ४ महिने छोरीसहित आमा र बाबुको मृत्यु भएको छ । सुकौराबाट कान्तिलोकपथ तर्फ जाँदै गरेको प्रदेश ३-०२-०१२ प ६९११ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर सडकबाट १२ मिटर तल खस्दा तीन जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको अनुसार मकवानपुरको मकवानपुरगढी(२ धवाडी पुलमा भएको दुर्घटनामा ३४ वर्षकी रुपा स्याङतान र ४ महिनाकी छोरी घटनास्थलमानै मृत्यु भएको छ । भने मोटरसाइकल चालक रुपाका श्रीमान् ३५ वर्षीय भीमबहादुर स्याङतान गम्भीर घाइते भएका थिए । उनको हेटौंडा अस्पतालमा प्रारम्भिक उपचारपछि चितवन मेडिकल कलेज पठाइएको थियो । त्यहाँ लग्नेक्रममा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।


















