Hamro Sanchar

इरानसँग पराजित हुँदै नेपाल एसियाली खेलकुदको भलिबल प्रतियोगिताबाट बाहिरियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असोज, ३ गते


Advertisement

काठमाडौं, असोज ३- एसियाली खेलकुदअन्तर्गत पुरुष भलिबलमा इरानसँग पराजित हुँदै नेपाल प्रतियोगिताबाटै बाहिरिएको छ ।

चीनको हाङझाउमा आज बुधवार भएको खेलमा नेपाल इरानसँग ३–० को सोझो सेटमा पराजित भयो । नेपाल इरानसँग २५–९, २५–१५ र २५–१३ ले पराजित भयो ।

हिजो मङ्गलवार भएको पहिलो खेलमा नेपाल बहराइनसँग ३–१ ले पराजित भएको थियो । आजको हारसँगै नेपाल जितविहीन बन्दै प्रतियोगिताबाट बाहिरिएको हो ।


प्रतिकृया दिनुहोस्