Skip

Hamro Sanchar

नेम्वाङको निधनबाट मर्माहत भएको छु : प्रधानमन्त्री दाहाल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० भदौ, २६ गते


काठमाडौँ, भदौ २६–काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङको निधनले मर्माहत भएको बताएका छन् ।

महाराजगन्जस्थित शिक्षण अस्पतालमा आज बिहान पुगेर प्रधानमन्त्री दाहालले नेम्वाङप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरे । नेकपा (एमाले)का उपाध्यक्ष नेम्वाङको गए राति हृदयाघातका कारण निधन भएको थियो ।


प्रतिकृया दिनुहोस्