Skip

Hamro Sanchar

गृहमन्त्रीको राजीनामा माग्दै तरुण दलको प्रदर्शन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० भदौ, २२ गते


काठमाडौं, भदौ २२- नेपाली कांग्रेसका सह-महामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमणको विरोधमा तरुण दल आन्दोलित बनेको छ ।

नेपाली कांग्रेसको भातृसंगठन तरुण दलले शुक्रबार दिउँसो काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी मार्गमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीहरूले ज्ञानेन्द्रको मतियार गृहमन्त्री राजीनामा दे,तस्करको नायिके गृहमन्त्री राजीनाम दे,शान्ति सुरक्षा कायम गरलगायतका नारा लगाएका थिए । तरुण दलका अध्यक्ष समेत रहेका यादवलाई रिपोर्ट्स क्लबको कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा खुकुरी प्रहार भएको थियो ।

यादवको टाउको र गर्द्धनमा चोट लागेको छ । उनको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । यादवमाथि खुकुरी प्रहार गर्ने नुवाकोटका श्यामबहादुर सापकोटालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।


प्रतिकृया दिनुहोस्