Skip

Hamro Sanchar

पशुपतिनाथको जलहरीमा अनियमितता नभभेटिएको प्रारम्भिक निष्कर्ष

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असार, ११ गते


काठमाडौं, असार ११- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीमा अनियमितता नभएको निष्कर्षमा पुगेको छ ।

अख्तियार स्रोतका अनुसार नाप जाँचमा खटिएको टोलीले प्रारम्भिक निष्कर्षमा अनियमितता नभेटिएको ठहर गरेको हो । यद्यपि जलहरी जोखेर त्यसको प्रतिवेदन अख्तियारमा पठाइएको छ । आइतबार , पुरातत्व विभाग, खानी तथा भूगर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग, नेपाल सुनचाँदी व्यवसायी महासंघ, पशुपति क्षेत्र विकास कोष र चारवटै सुरक्षा निकाय तथा स्थानीय जनप्रतिनिधिको रोहबरमा सुनको परिमाण, गुणस्तर एवं धातुको मात्रा परीक्षण गरिएको हो ।

जलहरीमा अनियमिता भएको भन्दै छावविन गर्न माग गर्दै अख्तियारमा पनि उजुरी परेको थियो भने संसदमा पनि सांसदले यसबारे कुरा उठाएका थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ०७७ माघमा पत्नी राधिका शाक्यकासाथ पशुपतिनाथ मन्दिर पुगेर ‘सङ्कल्प पूजा’ गरी झण्डै एक अर्ब रुपैयाँ लागतमा जलहरी राख्ने घोषणा गरेका थिए ।

सुनको जलहरी राख्न ओलीसरकारबाट ३० करोड दिने घोषणा भएको थियो । कोषले सरकारबाट प्राप्त हुने रकममा ५० करोड ११ हजार थपेर ८० करोड लागतमा १०८किलोको जलहरी राख्ने निर्णय गरेको थियो  ।


प्रतिकृया दिनुहोस्