
काठमाडौं । ओखलढुंगाको चिसंखुगढी नगरपालिका(३ दियालेमा आइतबार बिहान एउटा यात्रुबहाक बोलेरो जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै ज्यान गएकोछ।
घटनास्थलमा रहेका पत्रकार लीलाराम खड्काका अनुसार सदरमुकाम ओखलढुंगातर्फ गइरहेको ना १ ज ८४७३ नम्बरको जिपमा १३ जना सवार रहेका थिए।
घटनामा परी ओखलढुंगाको चिसंखुगढी नगरपालिका(३ का स्थानीय भक्तबहादुर थापा र मिन बहादुर श्रेष्ठको मृत्यु भएको हो। घटनामा परी घाइतेहरूको थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको छ।


















