Hamro Sanchar

चट्याङ लागेर आफ्नै घरमा खाना बनाइरहेकी शुष्माको मृत्यु

प्रकाशित : २०७९ असार, १५ गते


Advertisement

बागलुङ, असार १५- बागलुङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको काठेखोला गाउँपालिका-४ को तंग्रामको फापरखेत घर भएकी २८ वर्षीया शुष्मा पुनको मंगलबार राति मृत्यु भएको हो ।

आफ्नै घरमा खाना बनाइरहेको अवस्थामा उनलाई चट्याङ लागेको थियो । गम्भीर घाइते भएकी पुनलाई उपचारका लागि धौलागिरि अस्पताल बागलुङ पुर्‍याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।

चट्याङले उनको घरमा पनि क्षति पुर्‍याएको छ ।


प्रतिकृया दिनुहोस्