Hamro Sanchar

राजनीतिमा आउने बारे पत्रकारको प्रश्नमा कुलमानले भने : कुनै पनि जिम्मेवारी लिन तयार छु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, २१ गते


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणबाट हटाइएका कुलमान घिसिङले आफू अदालतको निर्णयलाई सम्मान गर्ने बताएका छन् ।

सरकारले प्राधिकरणबाट घिसिङलाई हटाएपछि उनी पुनर्वहालीका लागि अदालत गएका थिए । तर अदालतले उनको माग अनुसार मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

पत्रकार सम्मेलनमा राजनीतिमा आउने सम्भावनाबारे पत्रकारले सोधेको प्रश्नमा उनले आफू जिम्मेवार नागरिक भइसकेको भन्दै उनले जिम्मेवार नागरिकको हैसियतले देशको हितका लागि जुनसुकै जिम्मेवारी लिन तयार रहेको पनि बताए।

‘म सदैव देशको हित र सम्मृद्धिको लागि कुनै पनि जिम्मेवारी लिन तयार छु’, घिसिङले कूटनीतिक जवाफ दिए ।


प्रतिकृया दिनुहोस्