Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति

स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माण प्राथमिकतामा छ : मन्त्री बस्नेत

August 5, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं, साउन २०- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जनताको मानवीय संवेदनासित जोडिएका स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाइने बताएका छन् । भक्तपुर चाँगुनारायण नगरपालिका–१ मा प्रस्तावित वीर अस्पताल निर्माणस्थलको अवलोकन तथा अन्तरक्रियामा उनले...बाँकी

अध्यक्ष ओलीले भने : राष्ट्रिय हितमा काम गर्दा अरुको जायज हितलाई पनि ध्यान दिनुपर्छ

August 5, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौँ,साउन २०– नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हरेक देशले राष्ट्रिय हितको पक्षमा काम गर्दा अरुको जायज हितलाई पनि ध्यान दिनुपर्ने बताएका छन् । सार्वभौम समाजमा पारस्परिक लाभ र पारस्परिक सम्मान गर्नुपर्ने...बाँकी

गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउँछौँ : प्रधानमन्त्री

August 5, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौँ, साउन २०- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रौतहटको गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज पीडितहरुसँगको भेटमा उहाँले पीडितसँग वार्ताका लागि छिट्टै गृह सचिवको संयोजकत्वमा समिति बनाउने बताए । सोह्र...बाँकी

मन्त्रिपरिषद्ले गरेका निर्णय नै कार्यान्वयन भएनन् : प्रधानमन्त्री प्रचण्ड

August 4, 2023 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं, साउन १९- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषदले गरेका कैयौँ निर्णयहरू अझै पनि कार्यान्वयन हुन नसकेको बताएका छन् । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री दाहालले निर्णय कार्यान्वयनको...बाँकी

माओवादी केन्द्रीय कमिटीमा थपिए २२ महिला सदस्य

August 4, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं, साउन १९-सत्तारूढ माओवादी केन्द्रको केन्द्रीय कमिटी ४ सय ७ सदस्यीय पुगेको छ । माओवादी केन्द्रले पछिल्लोपटक २२ जना थप गरेर केन्द्रीय कमिटीको आकार ४०७ पुर्‍याएको हो । थपिएका सदस्यहरू आजदेखि केन्द्रीय कमिटीको बैठकमा सहभागी...बाँकी

एक क्वीन्टल सुन तस्करी प्रकरण: छानबिनको जिम्मा सीआईबीलाई

August 4, 2023 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं, साउन १९- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक क्वीन्टल बढि सुन तस्करी प्रकरणको छानबिनको जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीलाई दिन निर्देशन दिएका छन् । बिहीबार साँझ प्रधानमन्त्री, उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, महान्यायाधिवक्ता...बाँकी

स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने रास्वपा केन्द्रीय विभागको सदस्य बन्न

August 4, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं, साउन १९- राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय विभागका पदाधिकारी, सदस्य र प्रदेश समितिका प्रमुखका लागि स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने योग्यता तोकेको छ । पार्टीको केन्द्रीय समिति बैठकले सो पदका लागि स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने वा सम्बन्धित विभाग...बाँकी

एकीकृत समाजवादीको बैठक सुरु

August 4, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौँ,१९ साउन – नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । बैठक आज बिहान ८ बजेदेखि पुष्पलाल स्मृति प्रतिष्ठानमा सुरु भएको हो । बैठकले केन्द्रीय कमिटी, स्थायी कमिटी, पोलिटब्यूरोको बैठकको तयारी तथा अन्य...बाँकी

विश्वम्बरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीशमा सिफारिस

August 3, 2023 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं, साउन १८-सर्वोच्चका वरिष्ठ न्यायाधीश विश्वम्बरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । बिहीबार सिंहदरवारमा बसेको संवैधानिक परिषद्को बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानन्यायाधीशमा श्रेष्ठलाई सिफारिस गरेको बताए ।...बाँकी

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

August 3, 2023 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं, साउन १८- सरकारले काठमाडौं-तराई-मधेस द्रूतमार्ग सडक आयोजनाअन्तर्गत ललितपुर जिल्लाको खोकना इलाकाको जगा प्राप्तीसम्बन्धी समस्या समाधान गर्न गठित समितिको म्याद तीन महिना थप गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले पूर्व सचिव शंकरप्रसाद अधिकारीको संयोजकत्वमा...बाँकी