Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

रामेछाप दुर्घटनामा परि गोकुलगंगा-४ का वडाध्यक्षको मृत्यु

November 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । रामेछापमा भएको सुमो दुर्घटनामा गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको मृत्यु भएको छ । आज काठमाडौंबाट रामेछापको बेतालीतर्फ जाँदै गरेको ७१२३ नम्बरको सुमो गोकुलगंगाको फर्पु जिरोकिलोबाट नमाडीतर्फ जाने बाटोमा सिमखोला भन्ने स्थानमा दुर्घटना...बाँकी

लिलाबल्लभलाई मुद्दा नचलाउने निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट दर्ता

November 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई मुद्दा नचलाउने निर्णय बदर हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मुद्दा नचल्ने निर्णय बदर हुनुपर्ने र उनीमाथि फेरि अनुसन्धान...बाँकी

ओली सरकारले त्रिवि लगायत देशका शैक्षिक प्रतिष्ठानहरूमा आक्रमण गर्‍यो : प्रचण्ड

November 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, शिक्षा, समाचार
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान केपी ओली नेतृत्वको सरकारले त्रिभुवन विश्वविद्यालय लगायत देशका शैक्षिक प्रतिष्ठानहरूमा हस्तक्षेप र आक्रमण थालेको बताएका छन् । शुक्रवार निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन (प्याब्सन)ले...बाँकी

रवि लामिछानेसँग सरकारी वकिलको कार्यालयमा बयान सुरु

November 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बयान सुरु भएको छ । कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे उनीसँग बयान सुरु भएको हो । सो सहकारीको रकम...बाँकी

बयानका लागि रवि लामिछानेलाई सरकारी वकिलको कार्यालय लगियो

November 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानको लागि सरकारी वकिलको कार्यालय काठमाडौँ लगिएको छ । उनको बयान केही समयपछि सुरु हुने बताइएको छ । हिजो उनलाई कास्कीबाट काठमाडौँ ल्याइ भद्रकालीस्थित जिल्ला प्रहरी...बाँकी

उपनिर्वाचनको मौन अवधि सुरु, के गर्न पाइँदैन ?

November 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । स्थानीय तह उपनिर्वाचनको मौन अवधि आजदेखि सुरु भएको छ । स्थानीय तहको मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्म निर्वाचन प्रचारप्रसार निषेध गरिनुलाई मौन अवधि भनिन्छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय...बाँकी

काठमाडौं ल्याइएका रवीको बयान भोलिदेखि

November 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सहकारी ठगी प्रकरणमा काठमाडौं ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा राखिने भएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार, बुद्ध एयरको उडानमार्फत बिहीबार...बाँकी

प्रचण्डले हप्तैपिच्छे लौन प्रधानमन्त्री बनाइदिनुपर्यो भन्दै खबर पठाउँछन् : गगन

November 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यो सरकार ३ वर्ष चल्ने बताएका छन्। कीर्तिपुरमा कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै उनले यही सरकारलाई इमानदारीपूर्वक तीन वर्ष लिएर जान कांग्रेस प्रतिबद्ध रहेको बताएका हुन्। तर, माओवादी...बाँकी

प्रधानमन्त्री ओलिको चीन भ्रमण स्वीकृत

November 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत भएको छ । आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको भ्रमण स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिएका छन् । भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने भएको छ...बाँकी

रवि लामिछानेलाई पोखराबाट काठमाडौं ल्याइयो

November 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई काठमाडौं ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका पूर्वगृहमन्त्री समेत रहेका रविलाई बुद्ध एयरको विमानबाट भर्खरै काठमाडौं ल्याइएको हो...बाँकी