Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

५ सय र १ हजारका नयाँ नोट छाप्ने नयाँ गभर्नरको पहिलो निर्णय

May 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले जिम्मेवारी सम्हालेका छन् । बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयमा पदभार ग्रहण गर्दै ५ सय र एक हजारका नयाँ नोट छाप्ने पहिलो निर्णयमा हस्ताक्षर गरे । बैंक...बाँकी

नवनियुक्त गभर्नर विश्व पौडेलले लिए शपथ

May 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नवनियुक्त गभर्नर डा.विश्व पौडेलले शपथ लिएका छन् । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले उनलाई पद तथा गोपनीयताको शपथ गराए । शपथपछि पदबहालीका लागि पौडेल बैंकको केन्द्रीय कार्यालय, बालुवाटार गएका छन् । गभर्नर कार्यालयका अनुसार...बाँकी

सुनको मूल्य एकैदिन ५ हजार बढ्यो, कतिमा हुदैछ कारोबार ?

May 21, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य एकैपटक पाँच हजार रुपैयाँ बढेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुनको मूल्य एक...बाँकी

कसैले सरकार ढल्ने कामना नगरे भाे, गठबन्धन ८४ को चुनावसम्मै जान्छ : पोखरेल

May 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार ढल्ने हल्ला निराधार रहेको बताएका छन् । प्रेस चौतारी दाङ शाखले आज आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले एमाले–कांग्रेसको वर्तमान सत्तागठबन्धन आगामी आमनिर्वाचनसम्म कायम रहने बताएका हुन् ।...बाँकी

पोखरीमा डुबेर एकजनाको मृत्यु, ८ जना पक्राउ

May 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
चितवन । भरतपुर महानगरपालिका–२२ का २५ वर्षीय लोकेश महतोको पौडी पोखरीमा डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार मंगलबार राति इच्छाकामना गाउँपालिका–७ दाहाखानीस्थित दाहाखानी भ्यू रिसोर्टको पौडी पोखरीमा डुबेका...बाँकी

अब नागढुंगा-नौबिसे सडक दिउँसो पनि साढे ४ घण्टा बन्द गरिने

May 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । राजधानी भित्रिने सडकमार्गको मुख्य नाका नागढुङ्गा-नौबिसे सडकखण्ड दिउँसो साढे ४ घण्टा बन्द गरेर निर्माण कार्य अघि बढाइने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौं र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा यही...बाँकी

राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेल नियुक्त

May 20, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकको १८औं गभर्नरका रूपमा प्रा।डा। विश्वनाथ पौडेल नियुक्त भएका छन् मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा प्रा।डा। पौडेललाई नियुक्त गरेपछि राष्ट्र बैंकमा लामो समयदेखि देखिएको गभर्नर अन्योल सकिएको हो । साथै,...बाँकी

विश्व पौडेलसहित गभर्नरका लागि ३ जनाको नाम सिफारिस

May 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । गभर्नर सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ । आज बसेको सिफारिस समितिले तीन जनाको नाम गभर्नरमा सिफारिस गरेको हो । जसमध्ये पहिलो नम्बरमा विश्व पौडेलको नाम छ । यस्तै दोस्रो नम्बरमा...बाँकी

लिङ्देनमाथि खनिए सूर्य थापा : कि तँ छैनस्, कि म छैन

May 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहेका सांसद राजेन्द्र लिङ्देनलाई चेतावनीसहित धम्की दिएका छन्। वर्तमान शासन व्यवस्था परिवर्तनका लागि समझदारी गर्न तयार भए प्रधानमन्त्री केपी ओलीलाई भाग्नका लागि हेलिकप्टर व्यवस्था...बाँकी

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा

May 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेको तर्फबाट दायर भएको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नकहुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा मंगलबार सुनुवाइ भएको...बाँकी