Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

एकीकृत समाजवादीले माओवादीसँग एकता गर्ने

October 31, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले नेकपा (माओवादी माओवादी केन्द्र)सँग एकता गर्ने निर्णय गरेको छ। आज सकिएको एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठकले एकतामा जाने पक्षमा निर्णय गरेको उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए। माओवादी केन्द्रसँग एकता गर्ने...बाँकी

एमाले छाडेर हिडेकालाई ओलीको अपिल : आफ्नै घर फर्कनुस्

October 31, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी छाडेकाहरूलाई घर फर्कन अपिल गरेका छन् । सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीले सबैले काँधमा काँध मिलाएर अघि बढ्न आग्रह गरेका छन् । ‘जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर...बाँकी

 एन्फाका वरिष्ठ उपाध्यक्ष खड्का निलम्बनमा

October 31, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का निलम्बनका परेका छन् । एन्फाको आज बसेको आपत्कालिन भिडियो कन्फेरेन्स बैठकबाट वरिष्ठ उपाध्यक्ष खड्कालाई निलम्बन गर्ने निर्णय गरिएको प्रवक्ता सुरेश शाहले जानकारी दिए ।...बाँकी

बाबुराम भट्टराई भन्छन् : चुनाव भइन भने देश अँध्यारो सुरुङमा फस्छ

October 31, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकारमार्फत नै निर्वाचनमा जानुको विकल्प नरहेको जिकिर गरेकका छन् । भट्टराईले तोकिएकै समयमा मुलुकमा निर्वाचन नभए देश डरलाग्दो सुरुङमा फस्ने चेतावनी दिँदै यही संविधानमा टेकेर दलहले छिटो निर्वाचन...बाँकी

ओली र लेखकको पासपोर्ट रोक्का गर्नुको कारण लिखित जवाफ दिन सर्वोच्चको आदेश

October 31, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकलगायतको राहदानी रोक्का र काठमाडौँ उपत्यका बाहिर जान नपाउने गरी स्थान हदका सम्बन्धमा १५ दिनभित्र लिखित जवाफ माग गरेको छ । न्यायाधीश नृपध्वज निरौलाको एकल...बाँकी

सहमति नजुटेपछि कांग्रेस केन्द्रीय समिति बैठक दुई दिनका लागि स्थगित

October 31, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक स्थगन भएको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माबीच महाधिवेशन कार्यतालिका ल्याउने विषयमा सहमति हुन नसक्दा बैठक स्थगन भएको हो। ‘कार्यतालिकामा कुरा...बाँकी

रेशम चौधरीको चेतावनी : मलाई लड्न नदिए देशमा चुनाव नै हुँदैन

October 31, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रस्तावित नागरिक उन्मुक्ति पार्टी नेपालका नेता रेशम चौधरीले आफूसहित लक्ष्मण थारु र धनिराम चौधरीले आगामी निर्वाचनमा चुनाव लड्न नपाए देशमा चुनाव नै हुन नसक्ने चेतावनी दिएका छन् । उनले टिकापुर घटनामा आफूलाई फसाइएको...बाँकी

जगन्नाथ खतिवडा भन्छन् : माओवादी केन्द्रसँग छिट्टै पार्टी एकता हुन्छ

October 31, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले नेकपा माओवादी केन्द्रसँग चाँडै पार्टी एकता हुने बताएका छन् । शुक्रबार केन्द्रीय कमिटी बैठक स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले झलनाथ खनाल पक्षधरले एकता नगरौं भन्ने सुझाव दिए...बाँकी

काठमाडौं महानगरले भन्यो : फोहर घरमै राख्नुस्

October 31, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहरमैला घरमै राख्न आग्रह गरेको छ । काठमाडौं उपत्यकाको फोहरमैला बिसर्जनस्थल बन्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर बिसर्जनमा अवरोध भएकोले फोहर घरमै सुरक्षित तबरले राख्न आग्रह गरेको हो । महानगले आज एक सूचना...बाँकी

अब भिजिट भिसामा विदेश जान सहज, चार कागजात बुझाए पुग्ने

October 31, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । अध्यागमन विभागले भिजिट भिसामा विदेश जानेहरूका लागि सहज बनाएको छ । विभागले आज पत्रकार सम्मेलन गरेर अब भिजिट भिसामा विदेश जानेलाई कडाइ नगर्ने र चारवटा कागजात बुझाए सहजरूपमा विदेश जान सकिने बताएको हो...बाँकी