Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितलाई बालुवाटार बोलाए

April 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितलाई छलफलका लागि बालुवाटारमा बोलाएका छन् । मिटरब्याजीको विरोधमा तराईबाट हिँडेर काठमाडौँ आएका उनीहरूलाई प्रधानमन्त्री प्रचण्डले समस्या समाधानबारे छलफलका लागि बोलाएको बताइएको छ । काठमाडौँमा आन्दोलन गरिरहेका पीडितसँग सरकारले वार्ता...बाँकी

मौसम बदली : देशका विभिन्न स्थानमा हावाहुरीसहित वर्षा, केही ठाउँमा हिमपात

April 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । मौसम सामान्यदेखि पूर्णरुपमा बदली भएको छ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा, कोशी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्गर हावाहुरीसहित वर्षा भइरहेको छ । आज दिउँसो पनि...बाँकी

कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत

March 31, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् । शुक्रबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शर्मालाई चार दलका ३८ सांसदले विश्वासको मत दिएका हुन् । मतदानमा सहभागी ३९ जना सांसदमध्ये मुख्यमन्त्री शर्माको...बाँकी

नवनियुक्त मन्त्रीहरूले लिए शपथ,को-को बने मन्त्री ?

March 31, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको सिफारिसमा चार, नेकपा एकीकृत समाजवादीका...बाँकी

सरकार विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छु : प्रधानमन्त्री प्रचण्ड

March 31, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार बिस्तारपछि सरकारले इतिहासमा नयाँ रेकर्ड बनाउने गरी काम गर्ने बताएका छन्। शुक्रबार दिउँसो कोटेश्वरमा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।...बाँकी

बारामा प्रश्नपत्र बाहिरिपछि केन्द्राध्यक्षसहित ४ जना निलम्बित

March 31, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
बारा । बारामा प्रश्नपत्र बाहिरिएको विषयमा केन्द्रध्यक्षसहित ४ जना निलम्बित भएका छन् । जिल्लाको आदर्श कोतवाल गाउँपालिकास्थित महेन्द्र आदर्श जयनगर च्युटाँहा मावि परीक्षा केन्द्रबाट एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा केन्द्रध्यक्ष सहित ४ जनालाई निलम्बन गरिएको...बाँकी

खानेपानी मन्त्री अब्दुल खानद्वारा राजीनामा

March 31, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री अब्दुल खानले राजीनामा दिएका छन् । मन्त्रिपरिषद् पुनर्गठन गर्दा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय नपाएपछि खानले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन् । १० पुसमा प्रचण्डलाई समर्थन...बाँकी

प्रधानमन्त्री प्रचण्डद्वारा सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन, तर सरकार अझै अपूर्ण

March 31, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । गएको पुस १० गते नियुक्त प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) लगायतका दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।...बाँकी

देशभरको मौसम खराब, हावाहुरी र चट्याङसहित वर्षा

March 31, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । मुलुकभरको मौसममा खराबी आएको छ। बिहीबार साँझ पश्चिम नेपाल भित्रिएको पश्चिमी वायु देशभर फैलिने क्रममा हावाहुरीसहित वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोेविन्दकुमार झाका अनुसार पश्चिमी वायु र स्थानीय वायुका कारण कर्णाली...बाँकी

८ मन्त्रालय पाएको कांग्रेसले दियो ४ मन्त्रीको नाम

March 31, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसले चार जनालाई मात्र मन्त्री बनाउने भएको छ । पार्टीभित्र भागवण्डा नमिलेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले चार जनाको मात्र नाम प्रधानमन्त्रीलाई दिएका हुन् । स्रोतका अनुसार उपसभाति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री...बाँकी