Hamro Sanchar

गृहपृष्ठ खेलकुद, मुख्य समाचार

एसियाली खेलकुदका लागि पुरुष क्रिकेट टोलीको घोषणा

September 15, 2023 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार
काठमाडौं, भदौ २९- नेपाल क्रिकेट संघ (क्यान) ले चीनको हाङ्झाओमा आयोजना हुने एसियाली खेलकुद प्रतियोगिता (एसियाड)का लागि नेपाली टोलीको घोषणा गरेको छ । एसियाली खेलकुदको १९ औँ संस्करण असोज ६ गतेदेखि २१ गतेसम्म आयोजना हुँदैछ...बाँकी

राजतन्त्रको पुर्नस्थापना र हिन्दु राष्ट्रको माग राख्दै राप्रपा नेपालको प्रदर्शन

September 15, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं, भदौ २९- समृद्ध हिन्दु अधिराज्य स्थापनाका लागि दवाव दिन भन्दै कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले काठमाडौंमा प्रदर्शन गरेको छ । संवैधानिक राजतन्त्रको पुर्नस्थापना, हिन्दु राष्ट्रको माग राख्दै राप्रपा नेपालले शुक्रबार काठमाडौंको भद्रकालीदेखि...बाँकी

नेम्वाङको स्मृतिमा एमालेले सातै प्रदेशमा विचार गोष्ठी गर्ने

September 15, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं, भदौ २९ नेकपा (एमाले)ले संविधानसभाका अध्यक्ष तथा पार्टी उपाध्यक्ष स्व। सुवासचन्द्र नेम्वाङको स्मृतिमा सातै प्रदेशमा विचार गोष्ठी आयोजना गर्ने भएको छ । महासचिव शंकर पोखरेलको अध्यक्षतामा शुक्रबार बसेको पार्टीको बैठकले आगामी असोज २ गते...बाँकी

कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुनुपर्छः मन्त्री बस्नेत

September 15, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं, भदौ २९- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कक्षा १२ सम्मको शिक्षा देशभर निःशुल्क हुनुपर्ने बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित जनसङ्ख्या र विकास सम्बन्धी सम्मेलनमा बोल्दै मन्त्री बस्नेतले कक्षा १२ सम्मको शिक्षालाई देशभर निःशुल्क...बाँकी

शर्मा सर्वोच्चको न्यायाधीशमा सर्वसम्मतिले अनुमोदन

September 15, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं, भदौ २९–सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्माको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । संसदीय सुनुवाइ समितिको आज बसेको बैठकले शर्माको सुनुवाइ गर्ने निर्णय गरेपछि उनको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । न्यायपरिषद्ले विनोद शर्मालाई सर्वोच्च...बाँकी

वैदेशिक रोजगारीका नाममा ठगी बढ्दो

September 15, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, भदौ २९–केही दिनअघि इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि क्यानडा जान कामदार भिसा पाइने भनी नक्कली विज्ञापनमा फसेर एक पीडितले रु ३४ लाख गुमाए । गिरोहले त्यहाँ जानका लागि प्रक्रिया थाल्न ‘आइएलटिएस सर्टिफिकेट’...बाँकी

पूर्वराष्ट्रपति भण्डारीद्वारा राष्ट्रिय बाल दिवसको शुभकामना

September 15, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं, भदौ २९–पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आजका बालबालिका परिवार, समाज र राष्ट्रको जिम्मेवारी बहन गर्ने भविष्यका कर्णधार भएको बताएकी छिन्। राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना दिदैँ पूर्वराष्ट्रपति भण्डारीले बालबालिका भविष्यका नेता, नीति निर्माता...बाँकी

बागमती प्रदेशसभाको बैठक शनिबार बस्ने

September 15, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
मकवानपुर, भदौ २९– बागमती प्रदेशसभाको आजलाई तय भएको बैठक शनिबार बस्ने भएको छ । आज दिउँसो १ः०० बजे बस्ने भनिएको प्रदेशसभा बैठक विशेष कारण शनिबार बिहान ११ः०० बजे बस्ने छ । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकका...बाँकी

चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ : प्रधानमन्त्री प्रचण्ड

September 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, भदौ २८- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही गरिने बताएका छन् । नेपाल चिकित्सक सङ्घको आज ज्ञापनपत्र बुझ्दै उनले चिकित्सकमाथि आक्रमण गर्नेलाई कानुन बमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाएका सङ्घका उपाध्यक्ष डा प्रकाश...बाँकी

सुदेश पराजुली एकीकृत समाजवादीको केन्द्रीय सदस्यमा मनोनीत

September 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ २८- अनेरास्ववियूका पुर्व अध्यक्ष सुदेश पराजुली नेकपा एकीकृत समाजवादी केन्द्रीय सदस्यमा मनोनीत भएका छन् । पार्टीको भदौ ५-७ मा सम्पन्न केन्द्रीय कमिटी बैठकले उनलाई केन्द्रीय सदस्यसँगै विद्यार्थी फ्रयाक्सनको सहइन्चार्जको जिम्मेवारी दिएको हो ।...बाँकी