Hamro Sanchar

गृहपृष्ठ खेलकुद, मुख्य समाचार, समाचार

मध्यक्रमका ब्याटर आरिफलाई १५ लाखमा सुदूरपश्चिमले पायो

October 6, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपालका मध्यक्रमका ब्याटर आरिफ शेखलाई नेपाल प्रिमियर लिगमा १५ लाख रुपैयाँमा सुदूरपश्चिम रोयल्सले पाएको छ । उनले १० लाख रुपैयाँ मूल्य राखेका थिए । आइतबार भएको अक्सनमा कर्णाली, सुदूरपश्चिम र काठमाडौंबीच प्रतिस्पर्धा भएको...बाँकी

एनपीएल अक्सन : सूर्य तामाङलाई लुम्बिनीले १५ लाखमा किन्यो

October 6, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपालका बायाँ हाते स्पिनर सूर्य तामाङ नेपाल प्रिमियर लिग (एनपीएल) का लागि १५ लाख रुपैयाँमा लुम्बिनी लायन्समा अनुबन्ध भएका छन् । तामाङले एनपीएल अक्सनका लागि ए क्याटेगोरीको न्यूनतम मूल्य १० लाख राखेका थिए...बाँकी

सर्वोच्चमा माफी मागेर छुटे सिधाकुराका पत्रकारहरु

October 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सर्वोच्च अदालतमा उपस्थित भएर प्रकाशित समाचारबारे क्षमायाचना गर्नुका साथै आगामी दिनमा अदालतको अवहेलना नगर्ने प्रतिवद्धता गरेपछि सिधा कुरा अनलाइनका प्रकाश युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगाना आइतबार कैदमुक्त भएका छन् । जगन्नाथ...बाँकी

नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ

October 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा प्रधानन्यायाधीश राउतले आफ्नो पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त...बाँकी

गृहमन्त्री लेखक भन्छन् : तीन दिनभित्र राहत उपलब्ध गराउँछौं

October 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
ललितपुर । गृहमन्त्री रमेश लेखकले तत्काल लाभग्राहीहरुको विवरण पठाउन जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएका छन्। आज ललितपुरको गोदावरीमा बाढी र पहिरो प्रभावित क्षेत्रको निरीक्षणपश्चात् जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समितिलाई...बाँकी

भासिएको सडक मर्मत गरेपछि दाउन्नेमा चल्न थाले दुईतर्फी गाडी

October 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । पश्चिम नवलपरासीको दाउन्नेमा भासिएको सडक मर्मत गरेपछि दुईतर्फी नै यातायात सेवा सञ्चालन हुन थालेको छ। गत शुक्रबार साँझ साढे ५ बजे बर्दघाट नगरपालिका-४ दाउन्नेस्थित खुर्सानीखोलामा सडक भासिएको थियो। भासिएको सडक मर्मतपछि आज बिहान...बाँकी

दोस्रो अभ्यास खेलमा नेपालको जित

October 6, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपालले दोस्रो अभ्यास खेलमा जित हासिल गरेको छ । क्यानडाको दोस्रो रोजाइको हाइप्रोफमेन्स (एचपी)लाई शनिबार राति २० रनले हराएको हो । योसँगै तीन खेलको श्रृंखलामा नेपालले १–१ को बराबरी गरेको छ । १७७...बाँकी

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २४४ पुग्यो, १९ जना बेपत्ता

October 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । हालैको बाढीपहिरामा परी हालसम्म दुई सय ४४ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । अन्य एक सय ७९ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो...बाँकी

आजदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला

October 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकेजी खसीबोकाको ६७० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुट दिएर प्रतिकेजी ६६० रुपियाँ बिक्री खुला गरेको हो । यस्तै...बाँकी

पुनः पहिरो खसेपछि मेची राजमार्गमा मर्मतसम्भारको काम रोकियो

October 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
इलाम । पहिरोले क्षति भएको मेची राजमार्गको माईखोला भन्ज्याङ खण्डमा पुनः पहिरो खसेपछि मर्मतसम्भारको काम रोकिएको छ । सडकका चारैतिर धाँजा फाटेर जोखिम बढेपछि जारी मर्मतसम्भारको काम हिजो साँझदेखि रोकिएको हो । डिभिजन सडक कार्यालयका...बाँकी