Hamro Sanchar

गृहपृष्ठ प्रवास, मुख्य समाचार, समाचार

पाथीभरामा केबलकार शिलान्यासका विषयमा झडप, प्रहरी परिचालन

November 8, 2024 | Posted by Pradip Nepali |  प्रवास, मुख्य समाचार, समाचार
ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० मा पाथीभरा दर्शन गर्न जाने केबलकार निर्माणको शिलान्यासका क्रममा झडप भएको छ। शिलान्यासका लागि निर्माण सामाग्री लिएर जाने क्रममा स्थानीयले अवरोध गरेपछि झडपको अवस्था सिर्जना भएको हो। अहिलेपनि त्यहाँ केबलकार...बाँकी

सर्वोच्चको न्यायाधीशमा पाण्डे र निरौलाको नाम सर्वसम्मत अनुमोदन

November 8, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित दुई न्यायाधीशलाई सर्वसम्मतिले अनुमोदन गरेको छ । शुक्रबार बसेको सुनुवाइ समितिको बैठकले प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेमाथि सुनुवाइ गरी न्यायाधीशमा अनुमोदन गर्ने निर्णय गरेको समितिका...बाँकी

नारायणकाजी भन्छन् : अरु पार्टी जस्तै बने माओवादीको पनि औचित्य सिद्धिन्छ

November 8, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले विचार र सिद्धान्त त्यागेर अरु पार्टी जस्तै बने माओवादीको औचित्य सिद्धिने टिप्पणी गरेका छन् । चितवनका अगुवा कार्यकर्ताको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको राष्ट्रिय कार्यभार...बाँकी

फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा उपस्थित हुन्छु : दीपक मनाङे

November 8, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
पोखरा । गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङेले आफू सम्पर्कविहीन भएको भन्ने समाचार असत्य रहेको बताएका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रदेशसभा सदस्य मनाङेले आफू सम्पर्कविहीन भएको भन्ने समाचारप्रति आपत्ति जनाएका...बाँकी

सुनको मुल्य आज २ हजार रुपैयाँले बढ्यो

November 8, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । हिजो एकैदिन चार हजार रुपैयाँले घटेको सुनको भाउ आज भने तोलामा दुई हजार रुपैयाँले बढेको छ । सुन आज तोलामा दुई हजार रुपैयाँले बढेर एक लाख ६६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको...बाँकी

नारायणगढ–मुग्लिन सडक दुर्घटना : मृतकको संख्या ५ पुग्यो (अपडेट)

November 8, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलोमा आज बिहान भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । अन्य ५ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी...बाँकी

कांग्रेस नेता तामाङकाे कान्छाराम कन्सट्रक्सनसहित एक दर्जन बढी कम्पनी कालोसूचीमा

November 8, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कान्छाराम कन्सट्रक्सनसहित एक दर्जन बढी कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । कान्छाराम कन्सट्रक्सन कांग्रेस नेता एवम् ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयले कान्छारामसहित...बाँकी

एमाले सचिवालय बैठक शनिबार बस्दै

November 8, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय संयन्त्र, उपनिर्वाचनलगायत विषयमा छलफल गर्न नेपाल कम्युनिस्ट ९एमाले०को सचिवालय बैठक भोलि (शनिबार) बस्दै छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, बैठक शनिबार बिहान ११...बाँकी

रास्वपा केन्द्रीय समिति बैठक बस्दै

November 8, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ । शनिवार बिहान साढे ११ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक र स्थानीय तह उपनिर्वाचन परिचालनका विषयमा छलफल हुनेछ यस्तै, पार्टीको सांगठनिक गतिविधि, आगामी राजनीतिक...बाँकी

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न

November 8, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न भएको छ । व्रतालुहरुले हिजो अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए । त्यसपछि रातभर जाग्राम बसेका उनीहरुले आज उदाउँदो सूर्यलाई अर्घ दिएका हुन् । श्रद्धा...बाँकी